काठमाडौं । सुर्य नेपाल गल्फ टुर अन्तर्गतको तेस्रो प्रतियोगिता सुर्य नेपाल सेन्ट्रल ओपन गल्फको दोस्रो दिन बुधबार शुक्रबहादुर राईले अग्रता कायम राखेका छन् ।
गोकर्ण गल्फ क्लबमा बुधबार दुई अन्डर ७० स्कोर जोडेका शुक्रले कुल ७ अन्डर १ सय ३७ स्कोरसहित अग्रता कायम राखेका हुन् । उनले सुबाश तामाङलाई २ स्ट्रोकले पछि पारेका छन् ।
सुबाशले बुधबार ३ अन्डर ६९ स्कोरसहित कुल ५ अन्डर १ सय ३९ स्कोर जोडेका छन् ।
रबि खड्का र भुवन नगरकोटी ४ अन्डर १ सय ४० स्कोरसहित संयुक्त तेस्रो स्थानमा रहेका छन् ।
रामे मगर ३ अन्डर १ सय ४१ स्कोरसहित पाँचौं स्थानमा रहदा सद्भाव आचार्य र निरज तामाङ संयुक्त छैटौंमा रहेका छन् ।
प्रतियोगितामा ३४ प्रोफेसनल र ८ एमेच्योर गल्फरको सहभागिता रहेको छ ।
विजेताले १ लाख ३५ हजार नगद पुरस्कार पाउनेछन् । यस्तै उपविजेताले ८८ हजार तथा तेस्रोले ६५ हजार पाउनेछन्।
यस्तै शीर्ष २१ मा पर्ने खेलाडीले समेत नगद पुरस्कार पाउने छन् ।