काठमाडौं । सुर्य नेपाल गल्फ टुर अन्तर्गतको तेस्रो प्रतियोगिता सुर्य नेपाल सेन्ट्रल ओपन गल्फ भोलि मंगलबारबाट सुरु हुने भएको छ ।
नेपाल गल्फर एसोसियनले सोमबार पत्रकार सम्मेलन गर्दै सेन्ट्रल ओपन गल्फ मंगलबारबाट सुरु हुने जनाएको छ ।
प्रतियोगिता गोकर्ण गल्फ क्लबमा हुनेछ ।
प्रतियोगितामा ३४ प्रोफेसनल र ८ एमेच्योर गल्फरको सहभागिता रहने छ ।
विजेताले १ लाख ३५ हजार नगद पुरस्कार पाउनेछन् । यस्तै उपविजेताले ८८ हजार तथा तेस्रोले ६५ हजार पाउनेछन् ।
यस्तै शीर्ष २१ मा पर्ने खेलाडीले समेत नगद पुरस्कार पाउने छन् ।