मंगलबार, २६ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Loading ad...
Bhat Bhateni Supermarket Ad

अब पालो अफ्रिकी कप अफ नेसन्सको

शनिबार, २४ पौष २०७८खेलपाटी संवाददाता
अब पालो अफ्रिकी कप अफ नेसन्सको
Loading ad...
mustang rice ad

काठमाडौं । सन् २०२२ को पहिलो ठूलो फुटबल प्रतियोगिताका रूपमा आइतबार अफ्रिकी कप अफ नेसन्स सुरु हुँदैछ । आयोजक क्यामरुनले उद्घाटन खेलमा बुरकिना फासोको सामना गर्नेछ र प्रतियोगितामा इंग्लिस प्रिमियर लिगका नाम चलेका खेलाडीको राम्रै जमघट पनि हुनेछ । त्यसो त यो प्रतियोगिता सन् २०२१ को जुनमै हुनु पर्ने थियो । तर यसलाई जनवरीमा सारिएको थियो, किनभने त्यो क्यामरुनमा निकै वर्षा हुने समय थियो । फेरि कोरोना भाइरस संक्रमणको महामारीका कारण प्रतियोगिता अहिले सन् २०२२ मा हुन लागेको छ ।

अहिले जुन समयमा यो प्रतियोगिता हुन लागेको छ, त्यसलाई लिएर अफ्रिकी फुटबल महासंघको पनि खुबै आलोचना भइरहेको छ । यो प्रतियोगिताकै कारण युरोपेली क्लबले आफ्ना प्रमुख खेलाडी गुमाउने छन् । अझ डर त के पनि थियो भने यसपल्ट पनि कतै प्रतियोगिता नहुने त होइन् ? आखिरमा सबै खाले अनुमानबीच अन्तत: प्रतियोगिता सुरु हुने भएको छ । इंग्ल्यान्डका पूर्व खेलाडी इयान राइट मान्छन्, खासमा धेरैलाई अफ्रिकी कप अफ नेसन्सको आलोचना गर्दा खुसी हुन्छ ।

Image

यो त अझ रंगभेदी व्यवहारकै एक भाग हो । युरो र कोपा हुने बेला जति सबैलाई त्यसको सकारात्मक चर्चा गर्दा खुसी लाग्छ, तिनैलाई अफ्रिकी कप अफ नेसन्सको गलत चर्चा गर्दा के के न गरे जस्तो हुन्छ । विशेषत: इंग्लिस प्रिमियर लिग अहिले निर्णायक मोडमा पुगेको बेला आफ्ना प्रमुख खेलाडी गुमाउँदा क्लबलाई रिस उठ्नु स्वभाविक पनि हो । तर अफ्रिकी कप अफ नेसन्स कुनै ठूलो प्रतियोगिता होइन्, यसको धेरै अर्थ छैन् भनेर बोल्नु भने गलत नै हो ।

जे होस, प्रतियोगिता हुने भएपछि ती आलोचना पनि हराएर जाने छन्, आफै । लगातार दोस्रो संस्करण प्रतियोगितामा २४ टिम हुनेछन् । त्यसको अर्थ चार चार टिमका छ समूहमा सबैभन्दा लिग चरणका आधारमा खेल हुनेछ । त्यसको शीर्ष दुई स्थानमा आउने टिमले स्वत: अन्तिम १६ मा प्रवेश पाउने छन । बाँँकी चार टिम प्रत्येक समूहको तेस्रो स्थानमा आउने शीर्ष टिम हुनेछन् । यसबीच एउटा महत्त्वपूर्ण प्रश्न रहेको छ, प्रतियोगिताको उपाधि जित्नका लागि बलिया प्रत्यासी को को हुन त ?

Image

प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो, अल्जेरिया र यो नै सबैभन्दा बलियो दावेदार हो । म्यानचेस्टर सिटी विन्गर रियाद मेहराजको नेतृत्वमा रहेको अल्जेरिया ३४ खेलयता अपराजित छ । अल्जेरियालाई चुनौती दिने दुई टिम छन्, सादियो मानेको सेनेगल र मोहम्मद सलाहको इजिप्ट । संयोगले दुवै लिभरपुलका खेलाडी हुन् । प्रतियोगितामा इतिहासमा घाना र नाइजेरियाले अधिकांस समय राम्रो खेलेका छ, त्यसैले पनि यी दुई टिमको सम्भावनालाई पनि नकार्न सकिन्न ।

 
आयोजक भएको नाताले क्यामरुनको सम्भावना पनि उत्तिकै छ । माली भने प्रतियोगितामा आश्चर्यजनक नतिजा निकाल्न सक्ने टिमका रूपमा हेरिएको छ । अनि आइभरी कोस्ट, मोरोक्को र ट्युनिसियालाई पनि कमजोर त पक्कै आँक्न मिल्ने छैन् । प्रतियोगिता सुरु नै हुने भएपछि यसले अबको दिनमा कस्तो रूप लिने हो, त्यसमा पनि सबैको नजर हुनेछ । अहिले चारैतर्फ कारोना भाइरस संक्रमणको तेस्रो लहर आउने डर भइरहेको छ ।

Why Mohamed Salah Owes Egypt FA Nothing & Should Quit International Duty  After Latest Threats | ht_media

त्यसैले यसले कतै प्रतियोगितालाई व्यवधान पुर्‍याउने त होइन्, यही मूल प्रश्न हो । अफ्रिकी देशमा खोपको स्थिति के कस्तो छ, त्यसबारे पनि आधिकारिक जानकारी छैन् । कति दर्शकलाई प्रवेश दिइने हो, त्यसमा पनि अलमल कायम रहेकै छ । तर एउटा तथ्य के निश्चित छ भने यो प्रतियोगिताले पस्कने फुटबल सम्भवत: कमजोर हुने छैन्, दमदार नै रहनेछ । आखिरमा अफ्रिकी देशका अधिकांस ठूला फुटबल नाम युरोपतिर नै खेल्ने गर्छन् ।
–बीबीसीको सहयोगमा । 

Loading ad...
LiNing Ad
स्पेसल फिचर

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

९ महिनामै कमजोर देखिएको इन्टर

९ महिनामै कमजोर देखिएको इन्टर

खाली महसुस गरिरहेका जम्पा

खाली महसुस गरिरहेका जम्पा

जिम्बाबेको टिमलाई समर्थन गर्न आएका ६ समर्थक !

जिम्बाबेको टिमलाई समर्थन गर्न आएका ६ समर्थक !

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
 आर्मी र गोल्डेनगेटको विजयी सुरुआत

आर्मी र गोल्डेनगेटको विजयी सुरुआत

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

मनाङसँग हार्‍यो चित्लाङ

मनाङसँग हार्‍यो चित्लाङ

३४ महिनापछि हुने भयो ‘ए’ डिभिजन लिग !

३४ महिनापछि हुने भयो ‘ए’ डिभिजन लिग !

ग्यारीको काँधमा श्रीलंकाली टोली

ग्यारीको काँधमा श्रीलंकाली टोली

नीशमले हटाए कमेन्ट्

नीशमले हटाए कमेन्ट्

नेयमारलाई अन्तिम मौका

नेयमारलाई अन्तिम मौका

विभागीय डर्बीमा आर्मी हाबी

विभागीय डर्बीमा आर्मी हाबी