सन् २०२१ लाई फर्केर हेर्दा : उतार चढावको नाकटकीय वर्ष

काठमाडौं । विश्व खेलकुदको दृष्टिकोणले हेर्दा सन् २०२१ क्या खुब वर्ष रह्यो । निकै उतारचढावपूर्ण रह्यो, एकपछि अर्को नाटकीय घटना भए । अनि विवादबाट पनि टाढा रहेन्, त्यो वर्ष ।
सन् २०२० लाई हामीले कसरी सम्झन हो भन्दा, त्यो वर्ष कोभिड संक्रमणको महामारीले गर्दा खासै केही हुन सकेन् ।विश्व खेलकुद तहसनहस बन्यो, तर वर्ष २०२१ मा यही विश्व खेलकुदले ठोस पुर्नआगमन रच्यो । यसको नतिजा विश्व खेलकुदले केही अद्धितीय प्रदर्शन पनि त देख्न पायो।
जस्तो, इमान राडुकानुले यूएस ओपन जित्नु बेलायती खेल इतिहासकै लागि निकै ठूलो घटना त थियो नै, समग्र विश्व खेलकुदकै लागि भने यो जत्तिको अप्रत्यासित र अविश्वसनीय घटना केही रहेन । यी किशोरीले आफ्नो पहिलो प्रयासमै ग्रान्ड स्लाम टेनिसको उपाधि जित्ने छ भनेर कसले मात्र सोचेका थिए र ? तर खेलकुद रोमाञ्चमक हुने यस्तै यस्तै उपलब्धी त हो । राडुकानुको यो उपलब्धीले विश्व खेलकुदमा चमत्कार पनि हुन्छ भनेर फेरि सिद्ध भएको छ ।

यही वर्ष विश्व खेलकुदका दुई सबैभन्दा लोकप्रिय खेल फुटबल र क्रिकेट भने विवादमा परे । फुटबलको सबैभन्दा ठूलो विवाद युरोपेली सुपर लिगलाई लिएर थियो । यो प्रतियोगितालाई लिएर एकाएक चर्चा अगाडि आएको थियो र एकाएक यो हराएर पनि गयो । सुपर लिग अहिले युरोपेली फुटबलमा जुन संरचना छ, त्यसलाई ध्वस्त पार्ने खालको थियो । त्यसैले यसको ब्यापक आलोचना भयो, अनि यसमा सहभागी हुने भनिएका क्लब आत्तिएर यसमा नखेल्ने निर्णयमै पुगे।
:focal(1244x382:1246x380)/origin-imgresizer.eurosport.com/2021/07/11/3171288-64981208-2560-1440.jpg)
यो त धनी क्लब अझ धनी हुने प्रतियोगिता मात्र थियो, अरू केही थिएन। इंग्लिस प्रिमियर लिग क्लब न्युकासल युनाइटेडमा साउदी लगानी भित्रिने भएपछि त्यसले पनि उत्तिकै विवादको रूप लिएको थियो ।
साउदी अरेबियामा मानव अधिकारको व्यापक उलंघनदेखि लिएर अन्य खराव क्रियाकलापका लागि यो देश बदनाम जस्तै छ । अब यस्तै देशको लगानी किन स्विकार्ने हो भनेर विवाद गरेको पाइयो, तर वर्षको अन्त्यसम्ममा न्युकासलमा यो लगानी भित्रियो नै।

अनि न्युकासल बन्यो, विश्व फुटबलकै सबैभन्दा धनी क्लबमध्ये एक ।
फिफाले प्रत्येक दुई दुई वर्षमा विश्वकप गर्ने प्रस्तावले पनि उत्तिकै तरंग ल्याएको थियो । तर यसलाई पनि कमैले मात्र राम्रो माने । यसले पनि विशेषत: युरोपको क्लब फुटबललाई ध्वस्त गर्ने निश्चित जस्तै थियो, तर गरिब देशको फुटबलका लागि भने यो कम्ती ठूलो अवसर थिएन । आखिरमा विश्वकप आयोजना भन्नुको अर्थ बढी भन्दा बढी कमाउनु नै थियो, अनि यसबाट तिनै गरिबले देशको फुटबलले पाउनु त थियो ।

विश्व फुटबलले सबैको ध्यान खिचेको एउटा अर्को घटना भनेको लियोनल मेस्सीको बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेनको यात्रा पनि रह्यो । यसका दुई फरक दृष्टिकोण रहे ।
बार्सिलोनाले उनी जत्तिको खेलाडीलाई आफ्नो बनाइरहन नसक्नु आफैमा गलत थियो, सबैलाई यस्तै लागेको छ । तर जसले मेसीलाई आफ्नो बनाएको छ, त्यो क्लबको काम पनि ठीक छैन भन्ने धेरै छन् । आखिरमा पेरिस सेन्ट जर्मेन पनि कतारी लगानी भित्रेपछि एकाएक धनी र बलियो भएको टिम न हो।

क्रिकेटमा भने रंगभेदी व्यवहारको विवाद खुबै चर्चामा आयो । विशेषत: इंग्लिस क्रिकेटमा एसियाली मूलका खेलाडीलाई जुन व्यवहार गरिन्थ्यो, त्यसलाई लिएर चर्काचर्की बहस भए । अनि सबैले माने, इंग्ल्यान्डका स्वेत क्रिकेट खेलाडीले लामो समयदेखि आफ्ना एसियाली मूलका खेलाडीप्रति असहय व्यवहार गर्दै आएका छन् र यो अबदेखि स्विकार्य हुन्न । यस्तो व्यवहार गर्ने जत्तिकै ठूला नाम भए पनि विश्व क्रिकेटमा तिनका लागि स्थान छैन्, सबैले यस्तै माने।

यी त भए, विवादका कुरा ।
सन् २०२१ लाई सम्झनु पर्ने त टोकियो ओलम्पिक्स, युरो, कोपा र ट्वान्टी ट्वान्टी विश्वकपका लागि पनि हो । हुने हो अथवा हुने होइन्, यस्तै चर्को दुविधाबीच टोकियो ओलम्पिक्स भयो । दर्शकले भने यसलाई प्रतक्ष्य हेर्न पाएनन् । युरोकै मौका छोपेर दर्शक रंगशालामा फर्के र जित रह्यो, इटालीको । कोपा अर्जेन्टिनाले जित्यो र यो मेसीले आफ्नो देशका लागि जितेको पहिलो ठूलो उपाधि रह्यो । अष्ट्रेलियाले भने पहिलो पल्ट ट्वान्टी ट्वान्टी विश्वकपको उपाधि उचाल्यो ।









-1766407401552.jpeg&w=3840&q=75)


-1766387693977.webp&w=3840&q=75)
-1766372861061.webp&w=3840&q=75)
-1766372552050.webp&w=3840&q=75)
-1766367982945.webp&w=3840&q=75)