शुक्रबार, १९ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. गल्फ
Loading ad...
Bhat Bhateni Supermarket Ad

शुक्रलाई इस्टर्न ओपनको उपाधि

बुधबार, १४ पौष २०७८खेलपाटी संवाददाता
शुक्रलाई इस्टर्न ओपनको उपाधि
Loading ad...
mustang rice ad

काठमाडौं ।   सुर्य नेपाल इस्टर्न ओपन २०२१ को उपाधि शुक्रबहादुर राईले जितेका छन् ।

धरान गल्फ क्लबमा सोमबारदेखि सुरु भएको प्रतियोगिताको तेस्रो दिन शुक्रले १ ओभर ६१ स्कोर जोड्दै समग्रमा ५ स्ट्रोकको अग्रता लिएर उपाधि जितेका हुन् ।

उपाधिसँगै उनले १ लाख ३५ हजार रुपैयाँ प्राप्त गरे । 

शुक्रले समग्रमा १ अन्डर २ सय ९ स्कोर जोड्दै एमेच्योर सुभाष तामाङलाई पछि पारे । सुभाषले अन्तिम दिन २ अन्डर ६८ को प्रदर्शन गर्दै एमेच्योरतर्फ पहिलो र समग्रमा दोस्रो स्थान हासिल गरे ।

एमेच्योरतर्फ दोस्रो स्थान युवराज भुजेल (२२३) र तेस्रो स्थान सद्भाव आचार्य (२२७) ले हासिल गरे । 

व्यावसायिकतर्फ दोस्रो स्थानमा धरानकै बलभद्र राई रहे । उनले समग्रमा ७ ओभर २ सय १७ स्कोरका साथ ८८ हजार रुपैयाँ जिते । तेस्रो स्थानमा ९ ओभर २ सय १९ स्कोर जोडेका निरज तामाङले ६५ हजार रुपैयाँ हात पारे । चौथो स्थानमा संजय लामाले १० ओभर २ सय २० स्कोरसाथ ५३ हजार ५ सय रुपैयाँ प्राप्त गरे । 

 सुरुवाती दुई दिनमा ३६ होलको खेलपछि २२ व्यावसायिक र ६ एमेच्योर खेलाडीले अन्तिम दिनको लागि कट बनाएका थिए । प्रतियोगिताको कुल पुरस्कार राशी ७ लाख ७५ हजार रुपैयाँ रहेको थियो ।

विजेता खेलाडीलाई धरान उपमहानगरपालिकाका मेयर तिलक राई, नेपाल पुलिसका एआइजी हरी पाल, सुर्य नेपालका सहायक ब्राण्ड म्यानेजर नविन सरोज र धरान गल्फ क्लबका अध्यक्ष विरेन्द्र विक्रम लिम्बुले पुरस्कृत गरे । 

कट बनाउने शीर्ष २१ व्यावसायिक खेलाडीले नगद पुरस्कार प्राप्त गरेका थिए । प्रतियोगिता अन्तर्गत शुक्रबार व्यावसायिक र एमेच्योर खेलाडी सम्मिलित प्रो–एम इभेन्ट हुनेछ । 

Loading ad...
LiNing Ad
शुक्रलाई इस्टर्न ओपनको उपाधि

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

गल्फका राहुल र तेन्जिङको एसियाड तयारी थाइल्यान्डमा हुने

गल्फका राहुल र तेन्जिङको एसियाड तयारी थाइल्यान्डमा हुने

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

Loading ad...
xTreme Energy Drink
कराते टोली जापान लाग्यो

कराते टोली जापान लाग्यो

सगरमाथाको सुखद् सुरुआत

सगरमाथाको सुखद् सुरुआत

एसियन गेम्स तयारी गर्न  योंङगी र इभाना थाइल्यान्ड  प्रस्थान

एसियन गेम्स तयारी गर्न योंङगी र इभाना थाइल्यान्ड प्रस्थान

नेपालको लज्जास्पद हार

नेपालको लज्जास्पद हार

नेपाललाई विशाल लक्ष्य

नेपाललाई विशाल लक्ष्य

फाइनलमा सलहेस र फिदिम भिड्दै

फाइनलमा सलहेस र फिदिम भिड्दै

मेसीको सम्मानमा  १०औं मिनेटमा खेल एक मिनेट रोकिने

मेसीको सम्मानमा १०औं मिनेटमा खेल एक मिनेट रोकिने

 नेपाल ‘ए’ले पहिले बलिङ गर्ने

नेपाल ‘ए’ले पहिले बलिङ गर्ने