काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही बंगलादेशको ढाकामा सम्पन्न एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपको उत्कृष्ट सेटर घोषित भएकी छिन् ।
नेपाललाई च्याम्पियन बनाउन सफल शाही महिलातर्फ उत्कृष्ट सेटर चुनिएकी हुन् । यस्तै नेपालकी सलिना श्रेष्ठ उत्कृष्ट लिवेरो चुनिएकी छन् ।
बंगलादेशको ढाका मंगलबार उज्वेकिस्तानलाई ३-२ को सेटमा हराउँदै नेपालको महिला टोली च्याम्पियन बनेको थियो । नेपाल लगातार दोस्रो पटक च्याम्पियन बनेको हो ।
प्रतियोगितामा उज्वेकिस्तानकी इजोजारखोन सातिबोल सर्वोत्कृष्ट खेलाडी बनिन् ।
त्यस्तै देइभा श्रीलंकाकी प्रितिका प्रमोधानी उत्कृष्ट स्पाइकर र किर्गिस्तानकी आइदाई कादी उत्कृष्ट ब्लकर चुनिएकी छिन्।