काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कप उपाधि विजेता नेपाली महिला टोलीलाई बधाई दिएका छन्।
प्रधानमन्त्री देउवाले सामाजिक संजालबाट महिला टोलीलाई बधाई दिएका हुन् ।
‘एभीसी सेन्ट्रल जोन महिला च्यालेन्ज कप’मा लगातार दोस्रोपटक उपाधि जित्न सफल नेपाली राष्ट्रिय महिला भलिबल टिमलाई हार्दिक बधाई,' प्रधानमन्त्रीले भनेका छन् ।
यस अघि युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले नेपाली टोलीलाई बधाई दिएका थिए ।
बंगलादेशको ढाका मंगलबार उज्वेकिस्तानलाई ३-२ को सेटमा हराउँदै नेपालको महिला टिम च्याम्पियन बनेको थियो । नेपाल लगातार दोस्रो पटक च्याम्पियन बनेको हो ।
पुरुषतर्फ भने नेपाल चौंथो स्थानमा रह्यो ।
तेस्रो स्थानका लागि भएको खेलमा नेपाल उज्वेकिस्तानसँग ३-० को सेटमा पराजित भयो ।