काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कप अन्तर्गत महिलातर्फको उपाधि विजेता नेपाली टोलीलाई बधाई दिएका छन् ।
बंगलादेशको ढाका मंगलबार उज्वेकिस्तानलाई ३-२ को सेटमा हराउँदै नेपालको महिला टिम च्याम्पियन बनेको थियो । नेपाल लगातार दोस्रो पटक च्याम्पियन बनेको हो ।
उज्वेकिस्तानमाथि जित हात पार्दै उपाधि रक्षा गरेपछि मन्त्री गहतराजले सामाजिक संजालबाट नेपाली टोलीलाई बधाई दिएका हुन् ।
नेपाली टिमको जितको खबरले गौरब र खुसीको अनुभुती भएको उल्लेख गर्दै मन्त्री गहतराजले देशको पहिचान र गौरव बढाउने राष्ट्रिय टिमका खेलाडीहरुलाई बधाई व्यक्त गरेका छन् ।
पुरुषतर्फ भने नेपाल चौंथो स्थानमा रह्यो ।
तेस्रो स्थानका लागि भएको खेलमा नेपाल उज्वेकिस्तानसँग ३-० को सेटमा पराजित भयो ।