काठमाडौं । पहिलो दक्षिण एशियाली महिला भलिबल च्याम्पियनसिप नेपालमा आयोजना हुने भएको छ ।
नेपाल भलिबल संघले मंगलबार च्याम्पियनसिप आयोजनाको जिम्मेवारी पाएको जनाएको छ ।
च्याम्पियनसिप सन् २०२२ मा आयोजना हुनेछ । संघले च्याम्पियनसिपको मिति भने जनाएको छैन ।
बंगलादेशमा बसेको सेन्ट्रल एसियन भलिबल एसोसिएसनको बैठकले च्याम्पियनसिप नेपालमा आयोजना गर्ने निर्णय गरेको हो ।
बैठकले एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबलको अर्को संस्करण माल्दिभ्समा आयोजना गर्ने निर्णय समेत गरेको छ ।