शनिबार, १६ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

नेपाल श्रीलंकासँग पराजित

शनिबार, १० पौष २०७८खेलपाटी संवाददाता
नेपाल श्रीलंकासँग पराजित
Loading ad...
mustang rice ad

काठमाडौं । एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा नेपालको पुरुष टोली पराजित भएको छ ।

ढाकामा शनिबार भएको खेलमा नेपाल श्रीलंकासँग ३-१ को सेटमा पराजित भएको हो ।

शाहिद शुरवार्दी इन्डोर स्टेडियममा श्रीलंकाले पहिलो सेट २५-१८ ले जितेको थियो ।

तर, दोस्रो सेट नेपालले २५-२२ ले आफ्नो बनायो । त्यसपछि दुई सेटमा श्रीलंकाले २५-१६ र २५-१५ ले जित्दै खेल आफ्नो पक्षमा पार्यो ।

प्रतियोगितामा नेपालको पुरुष टोलीको यो दोस्रो हार हो ।

पहिलो खेलमा नेपाल बंगलादेशसँग ३-० को सेटमा पराजित भएको थियो। तर, दोस्रो खेलमा उज्वेकिस्तानलाई ३-१ को सेटमा हराएको थियो ।

अब नेपालले आइतबार माल्दिभ्सको सामना गर्नेछ ।

 महिला टोलीले भने लगातार तेस्रो जित निकालेको छ ।

आयोजक बंगलादेशलाई ३-० को सोझो सेटमा हराउँदै नेपालले लगातार तेस्रो जित निकालेको हो ।

तुलनात्मक कमजोर टिम बंगलादेशमाथि नेपालले २५-५, २५-१५ र २५-१७ को सेटमा जित निकालेको हो ।

यस जितसँगै नेपाल फाइनल नजिक पुगेको छ ।

अब नेपालले आइतबार उज्वेकिस्तानको सामना गर्नेछ ।

प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ ६ राष्ट्रको सहभागिता रहेको छ  ।

पुरुषमा आयोजक बंगलादेश, नेपाल, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।

महिलामा आयोजक  बंगलादेश, नेपाल, किर्गिस्तान, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।

राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

यस्तै तेस्रो र चौंथो टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछ ।

Loading ad...
LiNing Ad
नेपाल श्रीलंकासँग पराजित

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

काभा वुमन्स लिगमा तेस्रो भयो पुलिस

काभा वुमन्स लिगमा तेस्रो भयो पुलिस

काभा भलिबल लिगको फाइनल पुग्न चुक्यो पुलिस

काभा भलिबल लिगको फाइनल पुग्न चुक्यो पुलिस

हुर्रालाई हराउँदै पुलिस सेमिफाइनलमा

हुर्रालाई हराउँदै पुलिस सेमिफाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
जितेर बाहिरिएको पाकिस्तान

जितेर बाहिरिएको पाकिस्तान

फाकुनले मच्छिन्द्रलाई हराए

फाकुनले मच्छिन्द्रलाई हराए

पुलिसले शीर्षस्थानको एपीएफलाई रोक्यो

पुलिसले शीर्षस्थानको एपीएफलाई रोक्यो

भगवतीले गोल बर्साउँदा सुजनको ह्याट्रिक

भगवतीले गोल बर्साउँदा सुजनको ह्याट्रिक

जय ट्रफीको फाइनलको निर्वाचनपछि

जय ट्रफीको फाइनलको निर्वाचनपछि

संकटाको जितमा रिचार्डको ह्याट्रिक

संकटाको जितमा रिचार्डको ह्याट्रिक

सिटी र रियल राउन्ड अफ १६ मै भिड्ने

सिटी र रियल राउन्ड अफ १६ मै भिड्ने

 आलोचकलाई जवाफ दिँदै नेयमार

आलोचकलाई जवाफ दिँदै नेयमार