काठमाडौं । सुर्य नेपाल गल्फ टुर अन्तर्गतको दोस्रो प्रतियोगिता सुर्य नेपाल इस्टर्न ओपन गल्फ सोमबारबाट सुरु हुने भएको छ ।
नेपाल गल्फर एसोसियनले शुक्रबार पत्रकार सम्मेलन गर्दै इस्टर्न ओपन गल्फ सोमबारबाट सुरु हुने जनाएको छ ।
तीन दिने प्रतियोगिता धरानस्थित धरान गल्फ क्लबमा हुनेछ ।
प्रतियोगितामा ३५ प्रोफेसनल र १५ एमेच्योर गल्फरको सहभागिता पक्का भईसकेको छ ।
विजेताले १ लाख ३५ हजार नगद पुरस्कार पाउनेछन् । यस्तै उपविजेताले ८८ हजार तथा तेस्रोले ६५ हजार पाउनेछन् ।
यस्तै शीर्ष २१ मा पर्ने खेलाडीले समेत नगद पुरस्कार पाउने छन् ।