काठमाडौं । जयराम श्रेष्ठले सुर्य नेपाल काठमाडौं ओपन गल्फको उपाधि जितेका छन् ।
रोयल नेपाल गल्फ क्लबमा बिहीबार नेपालका नम्बर एक भुवन नगरकोटीलाई दुई स्ट्रोकले पछि पार्दै जयरामले उपाधि जितेका हुन् ।
अन्ति दिन ४ अन्डर ६४ अंक जोडेका जयरामले कुल ९ अन्डर २ सय ६३ अंक जोडे ।
जयरामको यो करियरको पहिलो उपाधि हो । उपाधिसँगै उनले १ लाख १० हजार नगद प्राप्त गरे ।
भुवनले २ अन्डर ६६ अंकसहित कुल २ सय ६५ अंक जोडे । उनले ७४ हजार प्राप्त गरे ।
दिनेश प्रजापति ५ अन्डर २ सय ६७ स्कोरसहित तेस्रो भए । उनले ६० हजार प्राप्त गरे ।
कुमार कामी, भुवन कुमार रोक्का र रबि खड्का संयुक्त चौंथो भए । उनीहरुले ४२ हजार प्राप्त गरे ।
शुक्र बहादुर राई सातौं हुँदै ३२ हजार प्राप्त गरे । धन बहादुर प्रजापति र संजय लामा आठौं भए । उनीहरुले २६ हजार ५ सय पाए । विनोद तामाङ दशौँमा रहदै २३ हजार प्राप्त गरे ।
सुर्य नेपाल गल्फ टुर अन्तर्गतको सिजनको पहिलो प्रतियोगिता सुर्य नेपाल काठमाडौं ओपन गल्फमा ५५ गल्फरले प्रतिस्पर्धा गरिरहेका थिए ।