काठमाडौं । सुर्य नेपाल काठमाडौं ओपन गल्फको दोस्रो दिन भुवन नगरकोटीले अग्रता बनाएका छन् ।
रोयल नेपाल गल्फ क्लबमा मंगलबार एक अन्डर ६७ स्कोरसहित कुल ६ अन्डर १ सय ३० अंक जोड्दै भुवनले अग्रता बनाएका हुन्।
भुवनले दोस्रो स्थानका रबि खड्कामाथि एक स्ट्रोकको अग्रता बनाएका हुन् । दोस्रो दिन १ अन्डर ६७ अंकसहित रबिले कुल ५ अन्डर १ सय ३१ अंक जोडेका छन् ।
सुर्य नेपाल गल्फ टुर अन्तर्गतको सिजनको पहिलो प्रतियोगिता सुर्य नेपाल काठमाडौं ओपन गल्फमा ५५ गल्फरले प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रतियोगिताको विजेताले १ लाख १० हजार नगद पुरस्कार पाउनेछन् । यस्तै उपविजेताले ७४ हजार तथा तेस्रोले ६० हजार पाउनेछन् । त्यसबाहेक शीर्ष २१ मा रहने खेलाडीहरुले पनि नगद पुरस्कार पाउने छन् ।