काठमाडौं । इंग्ल्यान्डका फास्ट बलर जेम्स एन्डरसनले एसेस सिरिज अन्तर्गतको पहिलो टेस्ट गुमाउने भएका छन् ।
काल्फ इन्जुरीको कारण एन्डरसनले अष्ट्रेलियाविरुद्धको पहिलो टेस्ट गुमाउने भएका हुन् ।
३९ वर्षीय एन्डरसन इंग्ल्यान्डको सर्वाधिक विकेट लिने खेलाडी हुन् ।
उनको अनुपस्थितिमा इंग्ल्यान्डले अर्को खेलाडीलाई टिममा भने बोलाएको छैन ।
एसेस सिरिज अन्तर्गतको पहिलो टेस्ट बुधबारबाट ब्रिसबेनमा सुरु हुँदैछ ।
अष्ट्रेलिया र इंग्ल्यान्डबीच पाँच खेलको टेस्ट सिरिज हुनेछ ।