काठमाडौं । सुर्य नेपाल काठमाडौं ओपन गल्फको पहिलो दिन कुमार कामी र जयराम श्रेष्ठले संयुक्त अग्रता बनाएका छन् ।
रोयल नेपाल गल्फ क्लबमा सोमबार कुमार र जयरामले ६ अन्डर ६२ स्कोर बनाउँदै संयुक्त रुपमा अग्रता बनाएका हुन्।
भुवन कुमार रोक्का र नेपालको नम्बर एक खेलाडी भुवन नगरकोटीले ५ अन्डर ६३ स्कोरसहित संयुक्त तेस्रो स्थानमा रहेका छन् ।
रबि खड्का ४ अन्डर ६४ स्कोरसहित पाँचौं स्थानमा रहदा धन बहादुर थापा र संजय लामाले एक अन्डर ६७ स्कोरसहित संयुक्त छैटौं स्थानमा रहे ।
सुर्य नेपाल गल्फ टुर अन्तर्गतको सिजनको पहिलो प्रतियोगिता सुर्य नेपाल काठमाडौं ओपन गल्फमा ५५ गल्फरले प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रतियोगिताको विजेताले १ लाख १० हजार नगद पुरस्कार पाउनेछन् । यस्तै उपविजेताले ७४ हजार तथा तेस्रोले ६० हजार पाउनेछन् । त्यसबाहेक शीर्ष २१ मा रहने खेलाडीहरुले पनि नगद पुरस्कार पाउने छन् ।