बिहिबार, कार्तिक २१, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Bhat Bhateni Supermarket Ad

राखेपका ९ बोर्ड सदस्य पदमुक्त

आइतबार, मंसिर ५, २०७८खेलपाटी संवाददाता
राखेपका ९ बोर्ड सदस्य पदमुक्त
Classic Tech Internet Ad

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का ९ जना बोर्ड सदस्यलाई पदमुक्त गर्ने निर्णय गरेको छ ।

सोधिएको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै मन्त्रालयले ९ जना बोर्ड सदस्यलाई पदमुक्त गर्ने निर्णय गरेको हो ।

ऐनले दिएको जिम्मेवारी पुरा नगरेको कारण देखाउदै मन्त्रालयले राखेपका बोर्ड सदस्यलाई पदमुक्त गरेको हो ।

सोही ब्यहोराको पत्र मन्त्रालयले आईतबार बोर्ड सदस्यलाई लेखी पठाएको छ ।

शुक्रबार गृहजिल्ला निस्कनु अघि युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै पदमुक्तको पत्र लेख्न मन्त्रालयलाई निर्देशन दिएका थिए । सोही अनुसार स्पष्टिकरण सोधिएका ९ जनालाई आईतबार पदमुक्तको पत्र पठाईएको हो ।

राखेपको बोर्ड सदस्यबाट पदमुक्त हुनेमा बिज्ञको रुपमा मनोनित रिम रानाभाट, इन्दिरा निरौला तथा राष्ट्रिय संघबाट मनोनित रेणुका श्रेष्ठ, सुवर्ण श्रेष्ठ, सुवास श्रेष्ठ, सम्पन्न श्रेष्ठ, अर्जुन केसी तथा उद्योग वाणिज्य महासंघको प्रतिनिधिको रुपमा मनोनित गोपाल खनाल तथा शाहसीक, परम्परागत तथा पर्वतीय खेलकुद महासंघको प्रतिनिधिको रुपमा गोबिन्द भट्टराई रहेका छन् ।

मन्त्री गहतराजले कात्तिक २६ गते राखेपका ९ जना बोर्ड सदस्यलाई तीन कारण देखाउँदै स्पष्टिकरण सोधेका थिए ।

खेलकुद मन्त्री गहतराजले एक तिहाई सदस्यले बैठक बोलाउन अध्यक्ष समक्ष लिखित अनुरोध गर्न सक्ने प्रावधान हुँदा हुँदै पनि खेलकुदको विकास र विस्तारमा उदासिन देखिएको, बोर्ड सदस्यको रुपमा पदीय जिम्मेवारी पुरा गरेको अवस्था नदेखिएको र राखेपको हितमा योगदान पुर्याएको अवस्था नदेखिएको कारण देखाउदै बोर्ड सदस्यलाई स्पष्टिकरण सोधिएको थियो ।

बोर्ड सदस्यले मन्त्रालयको पत्र अनुसार स्पष्टिकरण पेश गरेका थिए ।

मन्त्रालयको जिम्मेवारीमा आउने बित्तिकै खेलकुद मन्त्री गहतराजले राखेप बोर्ड सदस्यको राजीनामा माग गर्दै आएका थिए ।

उनले फरक राजनीतिक कोर्सबाट वर्तमान सरकार बनेको पृष्ठभुमीमा तत्कालिन केपी ओली नेतृत्वको सरकारमा मनोनित बोर्ड सदस्यले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने दाबी गर्दै आएका थिए ।

कांग्रेस नेतृत्वको सरकारमा खेलकुद मन्त्री माओवादी केन्द्रको भागमा परेको छ । सरकारले गत कात्तिक १ गते राखेप सदस्य सचिव रमेश सिलवाललाई स्पष्टिरण सोध्दै पदमुक्त गर्ने निर्णय गरेको थियो ।

सरकारको निर्णय गैरकानुनी रहेको दाबी सहित सिलवालले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् ।

सिलवाललाई पदमुक्त गर्ने निर्णय गरेको सरकारले शुक्रबारमात्र नयाँ सदस्य सचिवको खुल्ला दर्खास्त आह्वान गरेको छ ।

 

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

दशौं राष्ट्रिय खेलकुद फागुन १ देखि ७ सम्म आयोजना गर्ने निर्णय

दशौं राष्ट्रिय खेलकुद फागुन १ देखि ७ सम्म आयोजना गर्ने निर्णय

दशौंको छलफल गर्न मुख्यमन्त्रीले दिएनन् समय

दशौंको छलफल गर्न मुख्यमन्त्रीले दिएनन् समय

एनकेएलले गर्यो जेन्जी आन्दोलनमा ध्वस्त ५ प्रहरी कार्यालय मर्मतसम्भार

एनकेएलले गर्यो जेन्जी आन्दोलनमा ध्वस्त ५ प्रहरी कार्यालय मर्मतसम्भार

Bajaj Pulsar Motorcycle Ad
गार्नाचोले बचाए अंक

गार्नाचोले बचाए अंक

फोडनको २ गोल, हालान्डको निरन्तर उत्कृष्ट प्रदर्शन

फोडनको २ गोल, हालान्डको निरन्तर उत्कृष्ट प्रदर्शन

बार्सिलोनालाई यमलले हारबाट जोगाए

बार्सिलोनालाई यमलले हारबाट जोगाए

आधा दर्जन गोल वर्षाउँदै झापा सेमिफाइनलमा

आधा दर्जन गोल वर्षाउँदै झापा सेमिफाइनलमा

नेपालको पहिलो जित

नेपालको पहिलो जित

नटराजन बने काठमान्डुका ‘आइकोनिक खेलाडी’

नटराजन बने काठमान्डुका ‘आइकोनिक खेलाडी’

रोहनको २ गोलसँगै सलहेश फाइनलमा

रोहनको २ गोलसँगै सलहेश फाइनलमा

नेपालले युएई भ्रमणमा चारवटै खेल  हार्‍यो

नेपालले युएई भ्रमणमा चारवटै खेल हार्‍यो