काठमाडौं । प्रशिक्षक मिकी आर्थरले श्रीलंका क्रिकेट टिमको मुख्य प्रशिक्षक छाड्ने भएका छन् ।
वेस्ट इन्डिजविरुद्धको टेस्ट सिरिजपछि आर्थरले मुख्य प्रशिक्षक पद छाड्ने भएका हुन् ।
श्रीलंकासँग आर्थरको सम्झौता वेस्ट इन्डिजसँगको टेस्ट पछि सकिदैछ ।
श्रीलंकाले वेस्ट इन्डिजसँग घरेलु मैदानमा दुई खेलको टेस्ट सिरिज खेल्नेछ ।
पहिलो टेस्ट आइतबार सुरु हुनेछ ।
अब ५३ वर्षीय प्रशिक्षक आर्थर काउन्टी क्लब डर्बीशायरको प्रशिक्षक बन्ने भएका छन् ।