काठमाडौं । आईसीसी यू-१९ पुरुष विश्वकप क्रिकेट वेस्ट इन्डिजमा आयोजना हुने भएको छ।
अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार १४ औं संस्करणको विश्वकप वेस्ट इन्डिजले हुने जनाएको छ ।
वेस्ट इन्डिजले पहिलो पटक यू-१९ विश्वकप आयोजना गर्न लागेको हो ।
विश्वकप २०२२ को जनवरी १४ देखि फेब्रुअरी ५ सम्म आयोजना हुनेछ ।
प्रतियोगितामा १६ राष्ट्रले प्रतिस्पर्धा गर्ने छन् ।
आईसीसीले सहभागी राष्ट्र चार समूहमा विभाजन गरेको छ ।
समूह 'ए' मा बंगलादेश, इंग्ल्यान्ड, क्यानडा र युएई रहेको छ ।
समूह 'बी' मा भारत, आयरल्याण्ड,दक्षिण अफ्रीका र युगान्डा रहेको छ ।
समूह 'सी' मा अफगानिस्तान,पाकिस्तान, पपुवा न्युगिनी र जिम्बावे रहेको छ ।
त्यस्तै समूह 'डी' मा अष्ट्रेलिया, स्कटल्याण्ड, श्रीलंका र वेस्ट इन्डिज रहेको छ ।
उद्घाटनमा आयोजक वेस्ट इन्डिज र अष्ट्रेलिया भिड्ने छन् ।