सोमबार, ०७ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

नेपालको महिला क्रिकेट टिमलाई ऐतिहासिक सिरिज

बुधबार, ०१ मंसिर २०७८खेलपाटी संवाददाता
नेपालको महिला क्रिकेट टिमलाई ऐतिहासिक सिरिज
Classic Tech Internet Ad

काठमाडौं । नेपालको राष्ट्रिय महिला क्रिकेट टोलीले अन्तर्राष्ट्रिय क्रिकेटमा ऐतिहासिक सफलता हात पारेको छ ।

घरेलु टिम कतारविरुद्धको तीन खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज जित्दै ऐतिहासिक सफलता हात परेको हो । 

दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियमा बुधबार भएको दोस्रो टी-ट्वान्टीमा ६१ रनको जित निकाल्दै नेपालले तीन खेलको सिरिज एक खेल अगाबै २-० ले आफ्नो बनाएको हो । 

आफ्नो पहिलो अन्तराष्ट्रिय क्रिकेट सिरिजमै नेपालले सफलता प्राप्त गरेको हो ।

सिरिज अन्तर्गत पहिलो खेलमा नेपालले कतारलाई १ सय १९ रनले पराजित गरेको थियो । 

तेस्रो तथा अन्तिम खेल बिहीबार हुनेछ । 

नेपालले दिएको १ सय ३० रनको लक्ष्य पछ्याएको कतार तीन बल बाँकी छदै ६८ रनमा अलआउट भयो ।

कतारका लागि कप्तान अयेशाले सर्वाधिक २४ रन जोडिन् । केरी पोनसेटले १५ रन जोडिन् ।

नेपालका लागि सरस्वती कुमारी चौधरीले सर्वाधिक ४ विकेट हात पारिन् । कप्तान रुविना क्षेत्रीले दुई विकेट हात पार्दा संगिता राई र सवनम राईले समान एक–एक विकेट लिए ।

No description available.

यसअघि नेपालले पहिले ब्याटिङ गर्दै ६ विकेट गुमाएर १ सय २९ रन बनाएको थियो । नेपालका लागि कप्तान रुबिना क्षेत्रीले ५० रनको अर्धशतकीय इनिङ्स खेलिन् ।

रुबिनाले ४८ बलमा ५० रन पूरा गरेकी हुन् । रुबिनाले ४ चौका र १ छक्का प्रहार गरिन् । रुबिनाको यो पहिलो टी-ट्वान्टी अन्तराष्ट्रिय अर्धशतक हो । 

यस्तै, कविता कुँवरले ३१ रन जोड्दा ज्योति पाण्डेले ६ रन जोडिन्। सरिता मगर ४, काजल श्रेष्ठ ३ तथा डोली भट्ट सुन्य रनमा आउट भईन् ।

अप्सरी बेगम २३ रनमा अविजित रहदा कविता जोशी सुन्य रनमा अविजित रहिन् ।

कतारकी एन्जेलिन मारेले २ विकेट लिईन् । एलिना खान, साची ढाटवाल र सबिजाले एक एक विकेट लिईन् ।

आईसीसी महिला टी-ट्वान्टी विश्वकपको एसियाली छनोटको तयारी स्वरूप नेपालले कतारसँग तीन खेलको टी-ट्वान्टी सिरिज खेलिरहेको हो । 

विश्वकप छनोट भने नोभेम्बर २२ देखि २८ सम्म दुबईमा आयोजना हुनेछ । 

नेपाली टिम कतारबाटै नोभेम्बर १९ मा दुबई प्रस्थान गर्ने छन् ।

 

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

विनोद र शेर टी–२० विश्वकपको क्याम्पमा

विनोद र शेर टी–२० विश्वकपको क्याम्पमा

कोशी प्राइड लिग फागुन ९ देखि

कोशी प्राइड लिग फागुन ९ देखि

टेस्ट क्रिकेट इतिहासमा एउटै टोलीका दुई ओपनरको दुवै इनिङ्समा शतक

टेस्ट क्रिकेट इतिहासमा एउटै टोलीका दुई ओपनरको दुवै इनिङ्समा शतक

Bajaj Pulsar Motorcycle Ad
राफिन्हा र यमल फेरि नायक

राफिन्हा र यमल फेरि नायक

३०औं क्लब गोलमा केन

३०औं क्लब गोलमा केन

भिल्लासँग हार्‍यो युनाइटेड

भिल्लासँग हार्‍यो युनाइटेड

बेतना एफसी फाइनलमा

बेतना एफसी फाइनलमा

विनोद र शेर टी–२० विश्वकपको क्याम्पमा

विनोद र शेर टी–२० विश्वकपको क्याम्पमा

एएफसीले ‘एएफसी नेसन्स लिग’ गर्ने

एएफसीले ‘एएफसी नेसन्स लिग’ गर्ने

ली–निङ बास्केटबल प्रतियोगिता सोमबारदेखि

ली–निङ बास्केटबल प्रतियोगिता सोमबारदेखि

मातृभूमि कपको उपाधि आयोजक ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेनलाई

मातृभूमि कपको उपाधि आयोजक ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेनलाई