कुशलको वरीयता खस्कियो
बुधबार, ०१ मंसिर २०७८खेलपाटी संवाददाता

फाइल तस्बिर/खेलपाटी
काठमाडौं । आईसीसी टी–ट्वान्टी क्रिकेटको ब्याटिङ वरीयतामा नेपाली ब्याट्सम्यान कुशल भुर्तेलको वरीयता खस्किएको छ ।
आईसीसीले अपडेट गरेको नयाँ वरीयता अनुसार कुशलको वरीयता एक स्थान खस्किएको हो ।
कुशल नयाँ वरीयताको ५८ औं स्थानमा रहेका छन् । यस अघि कुशल ५७ औं स्थानमा थिए ।
ब्याटिङतर्फ नेपालका पूर्व कप्तान पारस खड्का भने ९५ औं स्थानमा उक्लिएका छन् ।
यस्तै वर्तमान कप्तान ज्ञानेन्द्र मल्ल ९९ औं स्थानमा रहेका छन् ।
बलिङतर्फ लेग स्पिनर सन्दीप लामिछाने ८७ औं स्थानमा उक्लिएका छन् । उनी यस अघि ८८ औं स्थानमा रहेका थिए ।







-1766305902285.jpeg&w=3840&q=75)

-1766372861061.webp&w=3840&q=75)
-1766372552050.webp&w=3840&q=75)
-1766367982945.webp&w=3840&q=75)

-1766318481555.jpeg&w=3840&q=75)
