काठमाडौं । आईसीसी बोर्डले अफगानिस्तानको क्रिकेटको समिक्षाका लागि वर्किङ ग्रुपको गठन गरेको छ ।
खासगरी तालिबानले शत्ता आफ्नो हातमा लिए पनि उत्पन्न परिस्थितिलाई लिएर अफगानिस्तान क्रिकेट बोर्डको समिक्षाका लागि सो ग्रुप गठन गरेको हो ।
इमरान खवाजा अध्यक्ष रहने सो वर्किङ ग्रुपमा रोस म्याककलम, लाओसन नायडु र रामिज राजा रहेका छन् । उनीहरुले आउदो महिना प्रतिवेदन पेश गर्नेछन् ।
‘आईसीसीले अफगानिस्तानको दुबै पुरुष र महिला क्रिकेटको विकासका लागि सहयोग जारी राख्न प्रतिवद्ध छ,’ आईसीसी अध्यक्ष ग्रेग बार्कलीले भने ।
‘हामी विश्वास छौ कि यो हुनका लागि सबैभन्दा प्रभावकारी तरिका भनेको हाम्रो सदस्यलाई नयाँ सरकारसँगको सम्बन्धमार्फत यो प्राप्त गर्ने प्रयासमा समर्थन गर्नु हो,’ उनले थपे ।
तालिवानले सत्ता हातमा लिएसँगै उनीहरुले महिलालाई खेलमा सहभागिता नगराउने भनेपछि अष्ट्रेलियाले अफगानिस्तानविरुद्धको टेस्ट रद्द गरेको छ ।
अन्य बोर्डले पनि अफगानिस्तानसँग क्रिकेट नखेल्ने आशंका गरिन थालिएको छ ।
‘अफगानिस्तान हाम्रो सदस्य हो र उनीहरु अहिले केही परिवर्तनहरुबाट गुज्रिरहेका छन् । हामी क्रिकेटको सुनिश्चितातका लागि हामी उनिहरुसँग समन्वय गरिरहेका छौ ।
हामी चाहन्छौ बोर्ड उचित तरिकाले तथा उनीहरुको संविधान बमोजिम चलोस,’ आईसीसीका अन्तरिम प्रमुख कार्यकारी जेफ एलार्डिसले केही समय अघि भनेका थिए ।