काठमाडौं । योर्कशायरका पूर्व खेलाडी अजिम रफिकले इंग्लिस क्रिकेट संस्थागत रुपमा जातिवाद रहेको बताएका छन् ।
३० वर्षीय रफिकल डिजिटल, संस्कृति, मिडिया र खेलकुद चयन समितिलाई आफू योर्कशायरमा रहदा बारम्बार जातिवाद भाषा प्रयोग गरिएको बताए ।
एक भावनात्मक गवाहीमा उनले सन् २०१७ मा आफ्ना छोरा मृत जन्मिएपछि क्बलले आफूमाथि अमानविय व्यवहार गरेको बताए ।
रफिकले योर्कशायरमा सामना गर्नुपरेको समस्याहरु क्रिकेटमा सबैतिर रहेको बताए ।
रफिकका अनुसार उनले आफ्नो क्यारियर जातीय भेदभावकै कारण गुमाएका थिए तर उनले यसबारे बोल्दा आगामी पाँच वर्षमा ठूलो परिवर्तन हुने आशा व्यक्त गरे ।
‘मैले केवल स्वीकार्य, माफि र समझदारी चाहन्थे र फेरी कहिल्यै यस्तो नहोस भनेर सँगै काम गर्ने प्रयास गरौ भन्ने चाहन्थे,’ रफिकले भने ।
‘म यसलाई त्यतिकै जान दिने थिएन, यसले मलाई जतिसुकै नोक्सान पुर्याएपनि म आवाजविहनको आवाज बन्न कटिवद्ध थिए,’ रफिकले थपे ।