काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय पुरुष क्रिकेट टिमको मुख्य प्रशिक्षक छनोटका लागि पाँच सदस्सीय छनौट समिति गठन गरेको छ ।
क्यानको मंगलबार बसेको बोर्ड बैठकले कार्यवाहक सचिव प्रशान्त बिक्रम मल्लको संयोजकत्वमा ५ पाँच सदस्सीय समिति गठन गरेको हो ।
समितिमा कोषाध्यक्ष रोशन कुमार सिंह, महाप्रबन्धक रौनक मल्ल र क्रिकेट म्यानेजर विनोद दास रहेका छन् । समितिका अन्तराष्ट्रिय क्रिकेट परिषदका एक प्रतिनिधि रहने छन् ।
राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक पदका लागि ६० जनाको आवेदन परेको छ ।
क्यानले आवेदन दिएका मध्ये १५ जनाको अन्तर्वार्ता लिने तयारी गरेको छ ।
क्यानले गत कात्तिक १ गते मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको थियो ।
मुख्य प्रशिक्षक डेव ह्वाटमोरले राजीनामा दिएपछि नेपाली टिम मुख्य प्रशिक्षक विहीन रहेको छ ।
ओमानमा भएको आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिज पछि ह्वाटमोरले नेपाली टिम छाडेका हुन् ।