काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारण सभा पुसमा धनगढीमा हुने भएको छ ।
क्यानको मंगलबार बसेको बोर्ड बैठकले पुस १४ र १५ गते धनगढीमा साधारण सभा गर्ने निर्णय गरेको हो।
यस्तै चार वर्षीय कार्यकाल सकिएको र समाप्त हुने जिल्ला संघको निर्वाचन माघ ७ गते भित्र गर्ने बैठकले निर्णय गरेको छ ।
बैठकले संघको आर्थिक कार्यविधि समेत पारित गरेको छ ।
त्यस्तै प्रधानमन्त्री कप राष्ट्रिय महिला तथा पुरुष क्रिकेट पुस १५ गते भित्र सक्ने निर्णय गरेको छ ।