काठमाडौं । अष्ट्रेलियन ब्याट्म्यान डेभिड वार्नरले आईसीसी टी–ट्वान्टी विश्वकपका लागि अहिलेसम्मकै कडा मेहनत गरेको खुलासा गरेका छन् ।
वार्नरले सबैभन्दा कडा मेहनत गरेको तथा आईपिएलमा कप्तानबाट बर्खास्ति तथा टोलीबाट नै हटाइएपछि आफूले दोस्रो मौका पाउनेमा विश्वस्त रहेको बताए ।
केही हप्तापछि नै अष्ट्रेलियन जर्सीमा आएपछि विश्वकपको दोस्रो सर्वाधिक रन बनाउने खेलाडी बने । उनले २ सय ८९ रन जोडेका थिए ।
‘मैले आईपिएलको टिममा स्थान नपाउन कारण जे भएपनि, म भन्न चाहन्छु कि मैले अहिलेसम्मकै कठिन अभ्यास गरिरहेको थिए । मैले कुनै दिन छाडिन । मैले नेटमा धेरै राम्रो ब्याटिङ गरिरहेको थिए,’ प्रतियोगितामा प्लेयर अफ द म्याच भएका वार्नरले भने ।
वार्नरका अनुसार उनलाई थाहा थियो कि उनले दोस्रो मौका पाउनेछन ।
‘खेलकुद एक उत्कृष्ठ स्तर हो, र यदि तपाई बस्तवमै खेलकुदमा हुनुहुन्छ र कडा मेहनत गरिरहनु भएको छ भने तपाईसँग सधै दोस्रो मौका हुनेछ । म केवल कडा मेहनत तथा सत्य भएर रहन चाहन्छु । म खुसी छु कि यसले मेरो लागि काम गर्यो,’ वार्नरले भने ।