काठमाडौं । कतारविरुद्धको पहिलो टी-ट्वान्टी अन्तराष्ट्रियमा नेपालले सुरुवातमा ब्याटिङ थालेको छ ।
दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियममा कतारले टस जितेर फिल्डिङ रोजेपछि नेपालले सुरुवातमा ब्याटिङ गरिरहेको हो ।
आईसीसी महिला टी-ट्वान्टी विश्वकपको एसियाली छनोटको तयारी स्वरूप नेपालले कतारसँग तीन खेलको टी-ट्वान्टी सिरिज खेलिरहेको हो ।
महिला क्रिकेट टोलीले पहिलो पटक टी-ट्वान्टी सिरिज खेल्न लागेको हो ।
यस्तै नेपाली क्रिकेट महिला टोलीले २३ महिनापछि पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो । पछिल्लो पटक महिला टोलीले १३ औं साग खेलकुद खेलेको थियो ।
सिरिज अन्तर्गत महिला टोलीले कतारसँग मंसिर १ मा दोस्रो र मंसिर २ गते तेस्रो खेल खेल्नेछन्।
विश्वकप छनोट नोभेम्बर २२ देखि २८ सम्म दुबईमा आयोजना हुनेछ । छनोटका लागि नेपालले रुबिना क्षेत्रीको कप्तानीमा टिम घोषणा गरिसकेको छ ।
नेपाली टिम कतारबाटै नोभेम्बर १९ मा दुबई प्रस्थान गर्ने छन् ।