काठमाडौं । भारतीय क्रिकेट टिमका अलराउन्डर हार्दिक पाण्ड्याले मुम्बई विमानस्थल कस्टम विभागका कर्मचारीले दुईवटा घडी नियन्त्रणमा लिएपछि बयान जारी गरेका छन् ।
गत आईतबार कस्टम विभागले उनको ५ करोड भारतीय रुपैया बराबरको घडी नियन्त्रणमा लिएको थियो ।
तर पाण्ड्याले आफू स्वेच्छाले मुम्बई विमानस्थलको सिमा शुल्क काउन्टरमा आफूले ल्याएको सामानको घोषणा गरेको तथा आवश्यक सीमा शुल्क तिर्न गएको जनाए ।
कस्टम विभागका कर्मचारीहरुले आईसीसी टी–ट्वान्टी विश्वकपबाट भारत बाहिरिएपछि पाण्ड्याले दुबईबाट भारत आउने क्रममा उक्त घडी नियन्त्रणमा लिएको थियो ।
कस्टमका कर्मचारीले पाण्ड्यासँग घडीको विल नभएको तथा कस्टम सामानहरु घोषित नगरेको बताए ।
तर पाण्ड्याले उक्त घडीको मुल्य केवल १ करोड पचास लाख रहेको बताएका छन् ।
उनले आफूले आवश्यक सबै कागजात तथा तिर्नुपर्ने शुल्क तिर्न तयार रहेको बताउदै आएका छन् ।