इकबालले पाकिस्तानविरुद्धको सिरिज गुमाउने
सोमबार, २९ कार्तिक २०७८खेलपाटी संवाददाता

काठमाडौं । बंगलादेशका ब्याट्सम्यान तमिम इकबालले पाकिस्तानविरुद्धको सिरिज गुमाउने भएका छन् ।
हातको चोटको कारण इकबालले पाकिस्तानविरुद्धको सिरिज गुमाउने भएका हुन् ।
इकबालले हातको बूढी औलाको चोट बोकेको बताईएको छ ।
इकबालले टी-ट्वान्टी विश्वकप समेत गुमाएका थिए ।
बंगलादेश क्रिकेटको छनोट समितिका प्रमुख मिन्हाजुल अबेदिनले इकबालले सिरिज गुमाउने पुस्टि गरेका छन् ।
बंगलादेशले घरेलु मैदानमा पाकिस्तानसँग टी-ट्वान्टी र टेस्ट सिरिज खेल्दैछ ।
तीन खेलको टी-ट्वान्टी सिरिज ढाकामा शुक्रबार सुरु हुनेछ ।
यस्तै दुई खेलको टेस्ट सिरिज नोभेम्बर २६ मा सुरु हुनेछ ।







-1766305902285.jpeg&w=3840&q=75)


-1766387693977.webp&w=3840&q=75)
-1766372861061.webp&w=3840&q=75)
-1766372552050.webp&w=3840&q=75)
-1766367982945.webp&w=3840&q=75)

-1766318481555.jpeg&w=3840&q=75)