वार्नर प्लेयर अफ द टुर्नामेन्ट
आइतबार, कार्तिक २८, २०७८खेलपाटी संवाददाता

काठमाडौं । अष्ट्रेलियाका ब्याट्सम्यान डेभिड वार्नर आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा प्लेयर अफ द टुर्नामेन्ट चुनिएका छन् ।
अष्ट्रेलियालाई पहिलो पटक टी-ट्वान्टी विश्वकपको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका वार्नर प्लेयर अफ द टुर्नामेन्ट चुनिएका हुन् ।
दुबईमा आइतबार राति भएको फाइनलमा न्युजिल्याण्डलाई ८ विकेटले हराउँदै अष्ट्रेलियाले उपाधि जितेको हो ।
दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा न्युजिल्याण्डले दिएको १ सय ७३ रनको लक्ष्य अष्ट्रेलियाले १९ ओभर २ बलमा २ विकेट गुमाएर पूरा गरेको थियो ।
अष्ट्रेलियालाई उपाधि दिलाउन डेभिड वार्नरले अर्धशतकीय इनिङ्स खेलेका थिए । उनले फाइनलमा ५३ रनको योगदान दिए ।
उनले विश्वकपमा २ सय ८९ रन बनाए ।









-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)

