काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोली कतारको दोहा पुगेका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टोली आइतबार राति दोहा पुगेको जनाएको छ।
कतारसँग टी-ट्वान्टी क्रिकेट सिरिजका लागि नेपाली टोली आइतबार बिहान कतार प्रस्थान गरेका थिए ।
आईसीसी महिला टी-ट्वान्टी विश्वकपको एसियाली छनोटको तयारीमा रहेको नेपाली महिला टोलीले कतारसँग तीन खेलको टी-ट्वान्टी सिरिज खेल्ने छन् ।
छनोट नोभेम्बर २२ देखि २८ सम्म दुबईमा आयोजना हुनेछ । छनोटका लागि नेपालले रुबिना क्षेत्रीको कप्तानीमा टिम घोषणा गरिसकेको छ ।
नेपाली टिम कतारबाटै नोभेम्बर १९ मा दुबई प्रस्थान गर्ने छन् ।
नेपाली टिम हालै बंगलादेशमा तयारी सकेर स्वदेश फर्किएको थियो ।
बंगलादेशमा रहदा नेपाली टिमले बंगलादेशको स्थानीय टिमसँग सिरिज खेलेको थियो । नेपाली टिमले सो सिरिज जितेको थियो ।