काठमाडौं । प्रकाश दाहाल स्मृति दोस्रो राष्ट्रिय बक्सिङ प्रतियोगिताको तयारी पूरा भएको छ ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा हुन गइरहेको प्रतियोगिताको तयारी पूरा भएको नेपाल बक्सिङ संघले जनाएको छ ।
प्रतियोगिता कार्तिक २९ देखि मंसिर ३ गतेसम्म हुन हुदैछ ।
पाँच दिनसम्म चल्ने सो प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले गर्ने भएका छन् ।
महिलातर्फ ८ तौल समूहमा तथा पुरुषतर्फ १३ वटा तौल समूहमा गरी २१ स्वर्णपदकका लागि भिडन्त हुनेछ ।
क्लब र जिल्ला गरी ३२ टिमबाट अहिलेसम्म एक सय १५ खेलाडीले प्रतिस्पर्धा गर्ने निश्चित भएको छ । दर्ताको क्रम जारी रहेको संघले जनाएको छ । दर्ता गर्ने समय आइतबार साँझसम्म रहेको छ । विभागीय टिम भने दर्ता भएको छैन ।
दर्ता भएका खेलाडीको तौल र मेडिकल जाँच कार्तिक २९ गते बिहान ६ देखि ८ बजेसम्म हुनेछ ।
प्रतियोगिता दिउँसो १ बजेबाट शुरु हुनेछ ।
प्रतियोगितालाई सफल पार्नका लागि विभिन्न समिति तथा उपसमिति गठन गरिएको केन्द्रीय सदस्य तथा प्रचारप्रसार समिति संयोजक पुष्करराज पन्तले जनाएका छन् ।