एजेन्सी । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा फाइनल पुग्न इङ्ल्याण्डले न्युजिल्याण्ड समक्ष १ सय ६७ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।
दुबईको अबुधाबीमा न्युजिल्याण्डले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ्गमा उत्रिएको इङ्ल्याण्डले निर्धारित ओभरमा ४ विकेट गुमाएर १ सय ६६ रन बनायो ।
इङ्ल्याण्डका लागि मोइन अलीले अर्धशतकीय इनिङ्स खेले । उनले ५१ रन जोडे । ३७ बलको सामाना गरेका उनले ३ चौका र २ छक्काको मदतले सो रन बनाएका हुन् ।
यस्तै, डेविड मलानाले ४१, जोनी बेयरस्टो १३ र जोस बटलरले २९ र लियाम लिभिङस्टोन १७ रन जोडे । इयान मोर्गान ४ रनमा अविजित रहे ।
न्युजिल्याण्डका टिम साउथी, एडम मिल्नी, इश सोढी र जेम्स नासमले समान १–१ विकेट लिए ।
दोस्रो सेमिफाइनलमा भोलि (बिहिबार) अष्ट्रेलिया र पाकिस्तान भिड्नेछन् ।
इङ्ल्याण्ड इयान मोर्गानको कप्तानीमा मैदान उत्रिएको छ भने न्युजिल्याण्डको नेतृत्व केन विलियम्सले गरेका छन् ।
इङ्ल्याण्ड समूह वानको विजेता र न्युजिल्याण्ड समूह टूको उपविजेताको रुपमा सेमिफाइनल भेट पक्का गरेका हुन् ।
इङ्ल्याण्डले यसअघि समेत टी–ट्वान्टी विश्वकप जितिसकेको छ । तर न्युजिल्याण्डले यो सफलता हात पार्न सकेको छैन ।