एजेन्सी । इङ्ल्याण्डले अर्को वर्ष हुने पाकिस्तान भ्रमणको क्रममा ७ टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट खेल्ने भएको छ ।
इङ्ल्याण्ड एवंम वेल्स क्रिकेट बोर्ड (इसीबी)का प्रमुख कार्यकारी अधिकृत टोम हेरिसनको पाकिस्तान भ्रमणको क्रममा पूर्व निर्धारित ५ खेलमा दुई खेल थप्ने सहमती बनेको हो ।
हेरिसनले मंगलबार पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष रमिज राजासँग छलफल गरेका थिए । हेरिसनले बैठक लगत्तै यसको औपचारिक घोषणा गरेका हुन् ।
इङ्ल्याण्डले अर्को वर्ष सेप्टेम्बरदेखि अक्टोबरसम्म टी–२० अन्तराष्ट्रिय प्रतियोगिता खेल्नेछ ।
अष्ट्रेलियामा टी–२० विश्वकप क्रिकेटपछि इङ्ल्याण्डको टिम पाकिस्तान फर्कनेछ ।
पाकिस्तान भ्रमणको क्रममा इङ्ल्याण्डले तीन टेष्ट म्याच खेल्नेछ, जुन आईसीसी विश्व टेष्ट च्याम्पियनसिप अन्तर्गत हुनेछ ।
पीसीबीसँगको भेटपछि हेरिसनले भनेका छन्, ‘पाकिस्तान क्रिकेटमा इङ्ल्याण्डको टिम, पुरुष तथा महिला टिमलाई भ्रमण गराउने हाम्रो प्रतिबद्धता पुन पुष्टि भएको छ । अन्तत इङ्ल्याण्ड पाकिस्तानको मैदानमा उत्रनेछ ।’