काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा आज (बुधबार) इङ्ल्याण्ड र न्युजिल्याण्ड भिड्दैछन् ।
अबुधाबीमा हुने पहिलो सेमिफाइनलको खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ ।
इङ्ल्याण्ड समूह वानको विजेता र न्युजिल्याण्ड समूह टूको उपविजेताको रुपमा सेमिफाइनल भेट पक्का गरेका हुन् ।
न्युजिल्याण्डका खेलाडी लाकी फग्र्युसन टी–२० विश्वकपबाट बाहिर भैसकेका छन् । तर न्युजिल्याण्डका एडम मिल्नेले राम्रो प्रर्दशन गरिरहेका छन् । महत्वपुर्ण खेलमा एडमले आफुलाई सिद्ध गर्दै आएका छन् ।
इङ्ल्याण्डले यस टी–ट्वान्टी विश्वकपमा उत्कृष्ट खेल प्रर्दशन गरेको छ । उसले ठुला टिमलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो ।
न्युजिल्याण्डले भने समूह चरणमा पाकिस्तानसँग पराजित बनेपनि बाँकी टिमलाई हराएको थियो ।
इङ्ल्याण्डले यसअघि समेत टी–ट्वान्टी विश्वकप जितिसकेको छ । तर न्युजिल्याण्डले यो सफलता हात पार्न सकेको छैन ।
इङ्ल्याण्डले यस प्रतियोगितामा ५ खेल खेलेको छ । जसमा उसले ४ मा जित र १ मा हार ब्यहोरेको छ । न्युजिल्याण्डले समेत ५ मध्य ४ मा जित र १ मा हार ब्यहोरेको छ ।
टी–२० विश्वकपको दोस्रो सेमिफाइनलमा भोलि (बिहिबार) पाकिस्तान र अष्ट्रेलिया भिड्नेछन् ।