प्यूठानमा क्रिकेट संघकाे तदर्थ समिति गठन

काठमाडौं । तेजबहादुर पुनको अध्यक्षतामा प्यूठानमा जिल्ला क्रिकेट संघ तदर्थ समिति गठन भएको छ ।
मंगलबार प्यूठानको जुम्रीमा आयोजित कार्यक्रमकबीच पुनको अध्क्षतामा ११ सदस्य जिल्ला क्रिकेट संघ तदर्थ समिति निर्विरोध रुपमा गठन भएको हो ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्याम बहादुर थापाको अध्यक्षतामा बसेको बैठकले तदर्थ समिति गठन भएको थियो ।
समितिको उपाध्यक्षमा सन्दीप श्रेष्ठ, सचिवमा जीवन खनाल र कोषाअध्क्षमा आशिष श्रेष्ठ छन् ।
सदस्यहरुमा महेन्द्र वि.क., उमेश घर्तिमगर, मिलन राना, गणेश गिरी, किरण बुढामगर, अमित थापा मगर र हुकुम परियार छन् ।
दुई दशक देखि सक्रिय रुपमा प्यूठानमा क्रिकेट प्रतियोगिता भएपनि संघ नहुँदा जिल्लामै सिमित भएको थियो ।
योसँगै प्यूठानलाई नेपाल किकेट संघ(क्यान)को जिल्ला सदस्यता पाउनको लागि बाटो खुलेको छ ।
प्यूठानमा ७ गाउँपालिका र २ नगरपालिका रहेका छन् । सबै स्थानीय तहमा क्रिकेट सक्रिय रुपमा रहँदै आएका छन् ।
गतवर्ष प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिताको लागि प्रदेश खेलाडी छनोट प्रतियोगिता खेल्न प्यूठानले दाङसँग तीन मैत्रीपूर्ण सिरिज खेलेको थियो ।