काठमाडौं । सर्बियाको बेलग्रेडमा जारी आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपमा नेपालको चुनौती सकिएको छ ।
बिहीबार राति नेपालका दुई खेलाडी बाहिरिएसँगै नेपालको चुनौती सकिएको हो ।
नेपालका बक्सर सनिल शाही ६७ केजी तौल समूहको राउण्ड अफ ३२ मा सर्बियाका अब्बासोभ भाखिदसँग ५-० अंकले पराजित भए । च्याम्पियनसिपको दोस्रो चरणमा पुग्ने उनी एक्लो खेलाडी हुन् ।
यस्तै ५७ केजीमा प्रतिस्पर्धा गरेका पुरन राई पहिलो खेलमै पराजित भए । पुरन मेक्सिकोका मिगुएलसँग ५-० ले पराजित भएका हुन् ।
विश्व च्याम्पियनसिपमा नेपालका ४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
नेपालबाट सनिल र पुरनसँगै रविन थापा र भुपेन्द्र थापा मगरले चुनौती प्रस्तुत गरेका थिए ।