काठमाडौं । नेपालका बक्सर रबिन थापा आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको पहिलो खेलमै पराजित भएका छन् ।
सर्बियाको बेलग्रेडमा बुधबार राति भएको खेलमा रबिन मंगोलियाका खेलाडीसँग पराजित भए ।
पुरुषको ४८ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका रबिन मंगोलियाका ज्ञानखुयाङसँग ५-० ले अंकले पराजित भए ।
रबिनको यो पहिलो अन्तराष्ट्रिय प्रतियोगिता हो ।
विश्व च्याम्पियनसिपमा नेपालका ४ खेलाडीको सहभागिता रहेको छ ।
यस अघि नेपलका भुपेन्द्र थापा बाहिरिसकेका छन् ।
नेपालका सनिल शाही भने राउण्ड अफ ३२ मा प्रवेश गरेका छन् ।