काठमाडौं । नेपालका बक्सर सनिल शाही आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको राउण्ड अफ ३२ मा प्रवेश गरेका छन् ।
सर्बियाको बेलग्रेडमा सोमबार राति ६७ केजी तौल समूहमा इराकी बक्सर अल ओहिदीबाट वाकओभर पाउँदै सनिलले राउण्ड अफ ३२ मा स्थान बनाएका हुन् ।
अब सनिलले राउण्ड अफ ३२ मा सर्बियाका अब्बासोभ भाखिदसँग खेल्ने छन् । सनिल १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी हुन् ।
विश्व च्याम्पियनसिपमा नेपालका ४ खेलाडीको सहभागिता रहेको छ ।
नेपालबाट सनिलसँगै ४८ केजीमा रविन थापा, ५७ केजीमा पुरन राई र ६३.५ केजीमा भुपेन्द्र थापा मगर रहेका छन् ।