काठमाडौं । इंग्ल्यान्डका सन् २०२०-२१ को सिजन फुटबल खेलको दौरान हिंसात्मक गतिविधि गर्ने ९२ जना पक्राउ परेका छन् ।
इंग्ल्यान्डको गृहमन्त्रालयले सार्वजनिक तथ्यांकमा फुटबलमा हिंसात्मक गतिविधि गर्ने ९२ पक्राउ परेको देखिएको हो ।
पक्राउ पर्नेमध्ये अधिकांस युरोकप फुटबल दौरान रहेका छन् । जसमा ९० जना युरोकपको दौरान पक्राउ परेका हुन् ।
तथ्यांक अनुसार युरोकप अन्तर्गत इटालीविरुद्धको खेलमा ३९, स्कटल्याण्डविरुद्ध २८ र डेनमार्कविरुद्ध १८ जना पक्राउ परेका छन् ।