काठमाडौं । केन्याली धाविका एग्नेस टिरोप घरमै मृत अवस्थामा फेला परेकी छिन् ।
टिरोप केन्याको इटेनमा रहेको आफ्नै घरमा छुरा प्रहार गरी हत्या भएको अवस्थामा फेला परेकी हुन् ।
विश्व एथलेटिक्स च्याम्पियनसिपमा दुई पटक कास्य पदक जितेकी तथा टोकियो ओलम्पिकमा ५ हजार मिटर दौरमा चौथो स्थान हात पारेकी थिईन् ।
गत महिनानै टिरोपले जर्मनीमा भएको १० किलोमिटर रोड रेसमा विश्व किर्तिमान कायम गरेकी थिईन् ।
२५ वर्षिया टिरोपको हत्यामा श्रीमानको हात हुन सक्ने आशंका गरिएको छ ।
उनको मृत्युलाई लिएर अनुसन्धान चलिरहेको तथा उनका श्रीमान वेपत्ता भएको प्रहरीले जनाएको छ ।
प्रहरीले उनको श्रीमानको खोजी गरिरहेको छ ।