काठमाडौं । तीन पटकको ग्राण्डस्लाम च्याम्पियन एन्डी मर्रेले हराएको विवाहको औठी भेटेका छन् ।
ईण्डियन वेल्स मास्टर्समा सहभागिता जनाउन क्यालीफोर्नियामा रहेका मर्रेले विवाहको औठी चोरी भएको भन्दै खोजीदिन आग्रह गरेका थिए । तर, उनले हराएको २४ घण्टा नबित्दै औठी पाएका हुन् ।
दुई पटकको विम्बल्डन च्याम्पियन मर्रेले इन्स्टाग्राममा एक भिडियो सार्वजनिक गर्दै अभ्यासका लागि प्रयोग गर्ने जुत्ता तथा त्यसभन्दा महत्वपूर्ण विवाहको औठी हराएको बताएका थिए।
३४ वर्षीय मर्रेले अभ्यासपछि जुत्ता सुकाएका थिए र सोही जुत्तामा औठी पनि बाधिएको थियो । तर, बिहान उठाउन जादा जुत्ता हराएको पाए ।
त्यसपछि एड्रियन मानारिनोविरुद्धको खेलको अभ्यासका लागि उनले अर्को जुत्ता प्रयोग गर्नुपर्ने भयो । तर अभ्यासका क्रममा उनका फिजियोले औठी कहाँ गयो भनेर सोधेपछि उनी झसँग भएका थिए ।
मर्रेले औठी लगाएर खेल्न नस्कने हुनाले आफ्नो विवाहको औठी जुत्तामा बाध्ने गरेको भन्दै औठी हराएको बताएका थिए । सन् २०१५ मा किम सियर्ससनाग विवाह गरेका मरेका चार सन्तान छन् । तर उनले जुत्तासँगै औठी पनि भेटेका छन् ।