काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का कार्यसमिति सदस्य दीर्घबहादुर केसी (कुमार)लाई मातृ शोक परेको छ ।
केसीकी माता ९२ वर्षिया खलकुमारी केसीको उपचारको क्रममा बिहीबार काठमाडौंमा निधन भएको हो ।
मधुमेह र उच्च रक्तचापबाट केसी पीडित हुनुहुन्थ्यो । केसीको काठमाडौंमा उपचार भईरहेको थियो ।
उहाँको आजै पशुपति आर्यघाटमा दिउँसो १ बजे दाह संस्कार गर्ने कार्यक्रम रहेको छ ।
नेपाल ओलम्पिक कमिटीका कार्यसमिति सदस्य समेत रहेका कुमार फुटबलसँगै कांग्रेसको राजनीतिमा सक्रिय छन् ।
फुटबलमा लामो समयदेखि आबद्ध उनी रुपन्देही जिल्ला फुटबल संघको अध्यक्ष समेत हु्न् ।