काठमाडौं । महान बक्सर मुहम्मद अलीले बनाएका पेन्टिङ र स्केचहरु करिब एक मिलियन डलरमा बिक्री भएको छ ।
न्यूयोर्कमा भएको अक्सनमा उनका पेन्टिङ र स्केचहरु ९ लाख ४५ हजार ५ सय २४ डलरमा बिक्री भएको हो ।
अक्सनको मुख्य आकर्षण सन् १९७८ मा बनाइएको स्केच थियो, जसको शीर्षक ‘स्टिङग लाइक अ बी’ अर्थात मौरीले जस्तै टोक हो । यो स्केच ४ लाख २५ हजार ३ सय १२ डलरमा विक्री भएको थियो । जसलाई अक्सन अघि ४० हजार देखि ६० हजार डलरमा विक्री हुने अनुमान गरिएको थियो ।
सो स्केचमा अलीलाई एक विजेताको रुपमा देखाइएको छ जसमा अली आफ्नो हात टाउकोमाथि उठाएको, पराजित प्रतिद्धन्द्धीमाथि उभिएको तथा रेफ्री बक्सिङ रिंगबाट भाग्दै गरेका छन् ।
स्केच र यसको भाषाले सायद अलीको सबैभन्दा प्रसिद्ध उद्धरण ‘पुतलीझै उड, मौरी जस्तै टोक, आखाले नदेख्ने बस्तुलाई हातले हिर्काउन सक्दैन,’ लाई इगिंत गर्दछ जुन उनले विश्व हेवीवेट च्याम्पियन सोनी लिस्टनसँग २२ वर्षको उमेरमा भिड्ने तय भएको थियो ।
अलीले सन् १९७९ मा बनाएको ‘म तिमीलाई माया गर्छु अमेरिका’ शीर्षकको अर्को चित्र १ लाख ५० हजार ३ सय १२ डलरमा विक्री भयो ।
तीन पटकका हेवीवेट विश्व च्याम्पियन तथा एक महान बक्सिङ खेलाडीको उपमा पाएका अलीको मृत्यु सन् २०१६ मा भएको थियो । उनले ३२ वर्षसम्म पार्किङसन रोगसँग संघर्ष गरेका थिए ।