काठमाडौं । पूर्व फिफा रेफ्री लव खत्रीको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि एन्फा कम्पलेक्स सातदाेबाटाेमा राखिने भएको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाले मध्यान्न पौने १२ बजे खत्रीको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि केन्द्रिय कार्यालयमा राखिने बताएको हो ।
सोमबार बिहान मेडिसिटी हस्पिटलले खत्रीको निधन भएको पुष्टि गरेको थियो ।
खत्रीको मेडिसिटी हस्पिटलमा उपचारको क्रममा सोमबार बिहान खत्रीको निधन भएको हो ।
सोमबार बिहान मर्निङ वाक गरेर खत्री नुहाउनका लागि वाथरुममा छिरेका थिए । वाथरुममा लडेपछि उनलाई उपचारका लागि मेडिसिटी हस्पिटल पुर्याइएको थियो ।
खेलाडीको रुपमा खत्रीले करिब एक दशक घरेलु फुटबलमा बिताएका थिए । उनले सन् २००८ मा फिफा रेफ्रीको ब्याच प्राप्त गरेका थिए । उनले करिब डेढ दशक रेफ्रीको भुमिकामा घरेलु तथा अन्तराष्ट्रिय फुटबलमा देखिएका थिए ।
उनी सन् २०१८ मा रेफ्रीबाट अवकासमा लिएका थिए । त्यसपछि उनी रेफ्री प्रशिक्षकको भुमिकामा काम गर्दै आएका थिए ।
उनकी एक श्रीमती र एक छोरा छन् ।