काठमाडौं । पूर्व फिफा रेफ्री लव खत्रीको निधन भएको छ ।
मेडिसिटी हस्पिटलमा उपचारको क्रममा सोमबार बिहान खत्रीको निधन भएको हो ।
सोमबार बिहान मर्निङ वाक गरेर खत्री नुहाउनका लागि वाथरुममा छिरेका थिए । वाथरुममा लडेपछि उनलाई उपचारका लागि मेडिसिटी हस्पिटल पुर्याइएको थियो ।
हस्पिटलले निधनको कारण औपचारिक रुपमा बताएको छैन ।
खेलाडीको रुपमा खत्रीले करिब एक दशक घरेलु फुटबलमा बिताएका थिए । उनले सन् २००८ मा फिफा रेफ्रीको ब्याच प्राप्त गरेका थिए ।
उनले करिब डेढ दशक रेफ्रीको भुमिकामा घरेलु तथा अन्तराष्ट्रिय फुटबलमा देखिएका थिए ।
खत्रीको सव अन्तिम श्रद्धाञ्जलीका लागि दिउँसो पौने १२ बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा राखिने भएको छ ।