बुटवल । प्रथम रुपन्देही जिल्ला स्तरीय पावर लिफ्टिङ प्रतियोगिताको उपाधि बिक्रम डम्बरपाल र कोमल कुमारी थापाले जितेका छन् ।
नेपाल पावर लिफ्टिङ संघको तत्वाधानमा व्यायाम व्यवसायी संघ रुपन्देहीको आयोजनामा भएको प्रतियोगितामा पुरुषमा बिक्रम र महिलामा कोमल च्याम्पियन बनेका हुन् ।
पुरुषतर्फ कुल ४ सय ३१ केजी तौल उठाउदै बिक्रमले उपाधि जिते । महिलातर्फ कोमलले कुल २ सय ९२ केजी तौल उठाईन् ।
चार चरणमा सञ्चालन गरिएको प्रतियोगितामा उपाधि विजेता दुबैले ट्रफीसहित नगद ५/५ हजार प्राप्त गरे ।
बिजेन्द्रमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त प्रतियोगितामा सनराइज बैंकका प्रबन्धक नविन थापाको प्रमुख आतिथ्यता रहेको थियो।
छनोट चरण पार गर्दै ३० जना खेलाडीहरु फाइनल राउण्डका लागि प्रवेश गरेका थिए।
फाइनल राउण्डमा पुरुष ६५ केजी बजन भन्दा माथिको समुहमा प्रकाश चौधरी प्रथम मनोज मल्लाह दोश्रो तथा प्रस गुरुङ तेस्रो भए ।
६५ केजी बजन भन्दा मुनिको समूहमा बिक्रम डम्बरपाल प्रथम उदयराज पाण्डे दोश्रो र आबिष्कार खड्का तेस्रो भए ।
महिलातर्फ ६० केजी भन्दा माथी समूहमा कोमल कुमारी थापा प्रथम निधिका नेपाल दोश्रो शान्ति थापा तेस्रो हुन सफल भएकी थिइन् ।
यस्तै महिला ६० केजी भन्दा मुनिको तौल समूहमा मिना कुमारी खाम्चा प्रथम मन्जिता राजभण्डारी दोश्रो प्रविना रोकाया तेस्रो भए ।
प्रतियोगिताका विजयी खेलाडीहरुलाई प्रमुख अतिथिनविन थापा, अध्यक्ष बिजेन्द्रमान श्रेष्ठ, नेपाल पावर लिफ्टिङ संघ प्रतियोगिता संचालन समितीका सचिब सुरेश सुवेदी, रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेस संधका अध्यक्ष सितु प्रसाद श्रेष्ठले प्रमाणपत्र, ट्रफी, मेडल सहित नगद पुरस्कार प्रदान गरे ।
प्रतियोगिताको मुख्य प्रायोजन सनराइज बैकले गरेको छ । सो प्रतियोगिताको निर्णय मुख्य निर्णायक बुध्दिजंग कार्की, निर्णायकमा शिवध्वज राई ,केशब बहादुर शाक्य, राज कुमार श्रेष्ठ, सुरज श्रेष्ठ र सुकदेव कार्किले गरेका थिए ।