काठमाडौं । फिलिपिनो बक्सर मेनी प्याक्याउले बक्सिङ खेल जीवनबाट सन्यास घोषणा गरेका छन् ।
राजनीतिमा केन्द्रित हुनका लागि मेनीले बक्सिङबाट सन्यास घोषणा गरेका हुन् ।
४२ वर्षीय मेनीले फिलिपिन्सको राष्ट्रपति पदका लागि उम्मेदवारी दिने बताईसकेका छन् ।
मेनीले आगामी वर्ष हुने राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
मेनीले सत्तारुढ दल पीडीपी-लाबानबाट राष्ट्रपति निर्वाचनमा भाग लिने छन् ।
मेनी फिलिपिन्सको संसदको सिनेटर रहेका छन् ।
मेनी फिलिपिन्समा लोकप्रिय व्यक्तित्व मानिन्छ ।
खेलक्षेत्रमा उनको नाम उच्च स्थानमा रहेको छ ।
उनले बक्सिङको फरक फरक आठ तौल समूहको उपाधि जितेका थिए ।