काठमाडौं । धुन्दुल नामग्यालले नेपाल टुरिजम कप गल्फ प्रतियोगिताको उपाधि जितेका छन् ।
गोकर्ण गल्फ क्लबमा बुधबार १० हान्डीक्यापमा ४१ स्टेबल फोर्ड स्कोर गर्दै नामग्यालले उपाधि जितेका हुन् ।
नरेन्द्र गुरुङ ३८ स्कोर गर्दै उपविजेता बने । वाङचेन डोनडुपले ४० ग्रोस अंकसहित ग्रोस पुरस्कार पाए ।
सुष्मा कोइरालाले महिलातर्फको उपाधि जितिन् । उनीले ३३ स्टेबल फोर्ड स्कोर गरिन् ।
करिष्मा शाह ३० स्कोरसहित दोस्रो स्थानमा रहिन् ।
मंगोलियाका महावाणिज्यदूत टीजी श्रेष्ठले ६० वर्ष माथिको उपाधि हात पारे ।
टासी दोङले लगेस्ट ड्राइभको उपाधि जिते भने क्लोजेस्ट टु द पिनको उपाधि सुरेन्द्र फुयालले हात पारे ।
नेपाल गल्फ संघले पर्यटन दिवसको अवसरमा प्रतियोगिता आयोजना गरेको हो ।