मड्रिडमा नेपालको जर्सी प्रदर्शनी
मंगलबार, १२ आश्विन २०७८खेलपाटी संवाददाता

काठमाडौं । स्पेनिस क्लब एट्लेटिको मड्रिडको घरेलु मैदानमा नेपाली राष्ट्रिय फुटबल टिमको जर्सी प्रदर्शनी गरिएको छ।
वान्डा मेट्रोपोलिटानो स्टेडियममा आयोजना गरिएको 'फुटबल फर पिस एक्जिब्युसन' नामक प्रदर्शनीमा नेपालको फुटबल जर्सी प्रदर्शन गरिएको हो।
मड्रिडस्थित नेपाली राजदूतावासले उक्त प्रदर्शनीमा नेपालको जर्सी राखिएको जनाएको छ ।
स्पेनिस ला लिगा र एकेडमी अफ डिप्लोमेसीको संयुक्त पहलमा उक्त प्रदर्शनीको आयोजना गरिएको थियो । दुई दिने प्रदर्शनीमा ८० भन्दा बढी दूतावासहरुले सहभागिता जनाएका थिए ।
नेपालको तर्फबाट राजदूत दावा फुटी शेर्पाले सहभागिता जनाउदै 'शान्तिका लागि फुटबल' अभियानको समर्थन गरेका थिए ।
नेपालको जर्सी शेर्पा आउटडोर प्रालिको केटीएम सिटीले उत्पादन गर्दै आईरहेको छ ।






-1771251202949.avif&w=3840&q=75)


-1771592656087.jpeg&w=3840&q=75)
-1771589331372.jpeg&w=3840&q=75)
-1771589256915.jpeg&w=3840&q=75)



