फुल कन्ट्याक्ट कराते भोलि
शुक्रबार, असोज ८, २०७८खेलपाटी संवाददाता

काठमाडौं । इन्टरनेसनल फेडरेसन अफ क्योकुसिन काइकान कराते नेपाल (आईएफकेके) को आयोजनामा तेश्रो राष्ट्रिय आईएफकेके तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगिता शनिबार हुने भएको छ ।
प्रतियोगितामा सातै प्रदेशका १ सय ७० खेलाडीको सहभागिता रहने आईएफकेकेका अध्यक्ष घनश्याम श्रेष्ठले जनाएका छन् ।
पुरुषमा ५ र महिलामा १ गरी ६ स्पर्धामा प्रतिस्पर्धा हुने छ । पुरुषमा ३० केजीमुनि, ३५ केजीमुनि, ४५ केजीमुनि, ५० केजीमुनि र ६५ केजीमुनि तौलसमूहमा खेल हुने आईएफकेकेका ब्रान्च चिफ प्रेम लामाले जानकारी गराए ।
महिलामा खुला तौलसमूहमा भिडन्त हुने छ ।
प्रत्येक तौलसमूहमा नगद पुरस्कारको व्यवस्था रहेको ब्रान्च चिफ लामाले जनाएका छन् ।
एकदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा खेलाइने छ ।






-1761998475071.jpg&w=3840&q=75)
-1761641224925.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)







-1762303379429.webp&w=3840&q=75)